Skip to content Skip to left sidebar Skip to right sidebar Skip to footer

news

आ.व. ०८०।०८१ मा स्थानीय तहमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रमहरूको स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूका लागि वार्षिक कार्यक्रम अभिमुखीकरण मिति २०८०।०६।२१ र २२ गते

निम्न माध्यमिक तहको शिक्षक पदमा सिफारिस भइ आएका उम्मेदवारहरूलाई नियुक्ति पत्र प्रदान ।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट निम्न माध्यमिक तहको शिक्षक पदमा सिफारिस भइ म्याग्दी जिल्लामा आएका उम्मेदवारहरूलाई जिल्ला शिक्षा समिति म्याग्दीका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापामगरज्यूबाट मिति २०७९।१०।२३ गतेका दिन नियुक्ति पत्र प्रदान गरि पदस्थापनाका लागि स्थानीय तहमा सिफारिस गरि पठाइयो ।

माध्यमिक तहमा सिफारिस भइ आएका उम्मेदवारहरूलाई नियुक्ति पत्र प्रदान ।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट माध्यमिक तहको शिक्षक पदमा सिफारिस भइ आएका उम्मेदवारहरूलाई मिति २०७९।०८।२० गतेका दिन नियुक्ति पत्र दिइ पदस्थापनाका लागि स्थानीय तहमा पठाइयो । गणित विषयमा १, सामाजिक विषयमा २, नेपाली विषयमा १, विज्ञान विषयमा २ र अंग्रेजी विषयमा ७ जना शिक्षक सिफारिस भइ आउनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिका अन्तर्गतका विद्यालयहरूको अनुगमन सम्पन्न ।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीबाट अन्नपूर्ण गाउँपालिका अन्तर्गतका विद्यालयहरूको मिति २०७९।०५।२९ र ३० गते २ दिनसम्म विद्यालयहरूको अनुगमन सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका इकाइ प्रमुख दलबहादुर थापामगर, लेखापाल भिष्म थापामगर विषय विज्ञहरु केशवप्रसाद रेग्मी, सोमनाथ ढुङ्गाना, जयराम सुवेदीबाट शिक्षकहरूको कक्षा अवलोकन गरी, शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कन पद्धतिका विषयमा पृष्ठपोषण प्रदान गरिएको थियो । विद्यालयको प्रशासनिक, आर्थिक पक्षको समेत अनुगमन गरी पृष्ठपोषण प्रदान गरिएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भएको आइसिटी ल्यावको अनुगमन गरिएको थियो । अनुगमन गरिएका विद्यालयहरूको कक्षाकोठा व्यवस्थापन उदाहरणीय पाइएको छ ।

स्थानीय तहमा कार्यरत शिक्षा शाखा प्रमुखहरूका लागि आर्थिक वर्ष ०७९।०८० को वार्षिक कार्यक्रम अभिमुखीकरण सम्पन्न ।

मिति २०७९।०५।१४ र १५ गतेका दिन स्थानीय तहमा कार्यरत शिक्षा शाखा प्रमुखहरूका लागि आर्थिक वर्ष ०७९।०८० को वार्षिक कार्यक्रम अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण शिक्षा तथा मानवस्रोत विकास केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्मा र इकाइ प्रमुख दलबहादुर थापामगरबाट भएको थियो । कार्यक्रममा ६ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

विज्ञापन नंवर ०२-०७८।७९,( प्राथमिक तह प्रथम श्रेणी) कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने -७५ प्रतिशत शिक्षक बढुवाको नियुक्ति प्रदान ।

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको विज्ञापन नंवर ०२-०७८।७९, कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने -७५ प्रतिशत शिक्षक बढुवा बमोजिम प्राथमिक तह प्रथम श्रेणीमा बढुवा हुनु भएका ३ जना शिक्षकहरूलाई मिति २०७९।०४।१९ गतेका दिन बढुवा नियुक्ति प्रदान गरियो ।

माध्यमिक शिक्षा परीक्षा २०७८ को उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीको आयोजनामा माध्यमिक शिक्षा परीक्षा २०७८ को उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम मिति २०७९।०२।०६ गतेका दिन सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण इकाइ प्रमुख दलबहादुर थापामगरबाट भएको थियो । कार्यक्रममा माध्यमिक तहमा अध्यापनरत १६ जना शिक्षकहरूको उपस्थिति रहेको थियो ।

माध्यमिक शिक्षा परीक्षा २०७८ सन्दर्भमा पत्रकार सम्मेलन

माध्यमिक शिक्षा परीक्षा २०७८ को सम्पूर्ण पूर्व तयारी सम्पन्न भए पश्चात मिति २०७९।०१।०६ गतेका दिन जिल्लाका क्रियाशील पत्रकारहरूको उपस्थितिमा पत्रकार भेटघाट सम्पन्न भएको छ । उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापामगरबाट माध्यमिक शिक्षा परीक्षा २०७८ संचालनका सन्दर्भमा हाल सम्म भएका पूर्व तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।