Skip to content Skip to left sidebar Skip to right sidebar Skip to footer

मालिका गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूको अनुगमन सम्पन्न ।

मिति २०७८।१२।२० गते देखि मालिका गाउँपालिका अन्तर्गतका विद्यालयहरूको शिक्षा विकास तथा समन्वय इकाइ र मालिका गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट संयुक्त अनुगमन सम्पन्न भएको छ । विद्यालयको पुरानो बेरुजु, शैक्षिक पक्ष, भौतिक पक्ष, अभिलेख व्यस्थापन, जिन्सी व्यवस्थापन लगायत विज्ञ शिक्षकहरूबाट कक्षा अवलोकन गरी पृष्ठपोषण प्रदान गरिएको थियो । सरोकारवालाहरूबाट विद्यालयको निरन्तर अनुगमन गरिनु पर्ने पृष्ठपोषण दिनु पर्ने सुझाव प्राप्त भएको थियो । विद्यालय अनुगमनका क्रममा धेरै विद्यालयहरूको कक्षा १ देखि ३ सम्म लागु भएको एकीकृत पाठ्यक्रम अनुसारको दैनिक कार्यतालिका निर्माण नभएको, एकीकृत पाठ्यक्रमको मर्म अनुसार विद्यार्थी मूल्याङ्कन नगरिएको पाइएको थियो । विद्यालयको दर्ता चलानी, जिन्सी अभिलेख व्यवस्थित नभएको पाइएको थियो । सो सम्बन्धमा आवश्यक सुझाव दिइएको थियो।