Skip to content Skip to left sidebar Skip to right sidebar Skip to footer

धवलागिरी गाउँपालिका अन्तरगतका विद्यालयहरूको अनुगमन निरीक्षण सम्पन्न ।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र धवलागिरी गाउँपालिकाको शिक्षा शाखाद्वारा मिति २०७८।१२।०५ गते देखि धवलागिरी गाउँपालिका अन्तरगतका विद्यालयहरुको अनुगमन निरीक्षण एवम शिक्षक पेशागत सहयोग सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका भौतिक पूर्वाधार विस्तार, पुराना बेरुजु, कक्षा अवलोकन र विद्यालयको प्रशासनिक निरीक्षण समेत गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख दलबहादुर थापामगर, प्राविधिक सहायक सरिता राना, सवइञ्जिनियर प्रेम नेपाली, धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद ढकाल, स्रोतव्यक्ति गिरीप्रसाद छन्त्याल, विषय विज्ञ केशवप्रसाद रेग्मी, जयराम सुवेदी लगायतको समूहबाट विद्यालय निरीक्षण गरिएको थियो। पुरानो बेरूजु फर्छयौट, एकीकृत पाठ्यक्रमको प्रयोग, विद्यालयमा जिन्सी खाताको प्रयोग, पाठ्यक्रम र पाठ्यपुस्तकको प्रयोग, विद्यालयको लेखा परीक्षण र पारदर्शिता, कार्यालय व्यवस्थापन लगायतका विषयमा पृष्ठपोषण प्रदान गरिएको थियो ।