Skip to content Skip to left sidebar Skip to right sidebar Skip to footer

समाचार

माध्यमिक शिक्षा परीक्षा २०७८ का लागि नियुक्त भएका केन्द्राध्यक्षहरूको अभिमुखीकरण सम्पन्न ।

मिति २०७९।०१।०५ गतेका दिन यस माध्यमिक शिक्षा परीक्षा २०७८ का लागि नियुक्त भएका केन्द्राध्यक्षज्यूहरूको अभिमुखीकरण सम्पन्न भएको छ । जिल्लास्थित ९ वटा परीक्षा केन्द्रका लागि नियुक्त भएका केन्द्राध्यक्षहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापामगरबाट नियुक्ति पत्र प्रदान गरिएको थियो । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र परीक्षा सहायकका काम कर्तव्य र अधिकारका विषयमा इकाइ प्रमुखबाट सहजीकरण गरिएको थियो । अभिमुखीकरण पश्चात जिल्ला प्रहरी कार्यालयमा रहेको प्रश्नपत्र रुजु गरीएको र साथै सवै केेन्द्राध्यक्षज्यूहरूलाई विद्यार्थीको प्रवेशपत्र, निर्देशिका लगायतका आवश्यक फारामहरू वितरण गरिएको थियो ।

मालिका गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूको अनुगमन सम्पन्न ।

मिति २०७८।१२।२० गते देखि मालिका गाउँपालिका अन्तर्गतका विद्यालयहरूको शिक्षा विकास तथा समन्वय इकाइ र मालिका गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट संयुक्त अनुगमन सम्पन्न भएको छ । विद्यालयको पुरानो बेरुजु, शैक्षिक पक्ष, भौतिक पक्ष, अभिलेख व्यस्थापन, जिन्सी व्यवस्थापन लगायत विज्ञ शिक्षकहरूबाट कक्षा अवलोकन गरी पृष्ठपोषण प्रदान गरिएको थियो । सरोकारवालाहरूबाट विद्यालयको निरन्तर अनुगमन गरिनु पर्ने पृष्ठपोषण दिनु पर्ने सुझाव प्राप्त भएको थियो । विद्यालय अनुगमनका क्रममा धेरै विद्यालयहरूको कक्षा १ देखि ३ सम्म लागु भएको एकीकृत पाठ्यक्रम अनुसारको दैनिक कार्यतालिका निर्माण नभएको, एकीकृत पाठ्यक्रमको मर्म अनुसार विद्यार्थी मूल्याङ्कन नगरिएको पाइएको थियो । विद्यालयको दर्ता चलानी, जिन्सी अभिलेख व्यवस्थित नभएको पाइएको थियो । सो सम्बन्धमा आवश्यक सुझाव दिइएको थियो।

विद्यालय लेखा व्यवस्थापन तालिम सम्पन्न ।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीको आयोजनामा मिति २०७८।१२।१८ र १९ गतेका दिन माध्यमिक विद्यालयका लेखा शिक्षक/ लेखा सहायकहरूका लागि विद्यालय लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । उक्त तालिमको सहजीकरण केन्द्रबाट खटिइ आउनु भएका प्रशिक्षक राकेश जयसवालबाट भएको थियो । जिल्लास्थित साविक उच्च माध्यमिक विद्यालय संचालन भएका सवै विद्यालयका लेखा शिक्षक/ लेखा सहायक र अन्य माध्यमिक विद्यालयका २८ जना लेखा शिक्षक/ लेखा सहायकहरूको सहभागिता रहेको थियो ।

धवलागिरी गाउँपालिका अन्तरगतका विद्यालयहरूको अनुगमन निरीक्षण सम्पन्न ।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र धवलागिरी गाउँपालिकाको शिक्षा शाखाद्वारा मिति २०७८।१२।०५ गते देखि धवलागिरी गाउँपालिका अन्तरगतका विद्यालयहरुको अनुगमन निरीक्षण एवम शिक्षक पेशागत सहयोग सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका भौतिक पूर्वाधार विस्तार, पुराना बेरुजु, कक्षा अवलोकन र विद्यालयको प्रशासनिक निरीक्षण समेत गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख दलबहादुर थापामगर, प्राविधिक सहायक सरिता राना, सवइञ्जिनियर प्रेम नेपाली, धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद ढकाल, स्रोतव्यक्ति गिरीप्रसाद छन्त्याल, विषय विज्ञ केशवप्रसाद रेग्मी, जयराम सुवेदी लगायतको समूहबाट विद्यालय निरीक्षण गरिएको थियो। पुरानो बेरूजु फर्छयौट, एकीकृत पाठ्यक्रमको प्रयोग, विद्यालयमा जिन्सी खाताको प्रयोग, पाठ्यक्रम र पाठ्यपुस्तकको प्रयोग, विद्यालयको लेखा परीक्षण र पारदर्शिता, कार्यालय व्यवस्थापन लगायतका विषयमा पृष्ठपोषण प्रदान गरिएको थियो ।

आधारभूत तह कक्षा ८ को प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला सम्पन्न ।

आधारभूत तह कक्षा ८ को प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला यहि मिति २०७८।१२।०१ देखि ०३ गते सम्म संचालन भएको थियो । कार्यक्रमको सहजीकरण धवलागिरी माध्यमिक विद्यालयका शिक्षक श्री केशवप्रसाद रेग्मी, जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानअध्यापक श्री सोमनाथ ढुङ्गाना, बेनी नगरपालिकाका स्रोतव्यक्ति श्री जयराम सुवेदी र प्रभा माध्यमिक विद्यालय नारच्याङका प्रधानअध्यापक भगवानबहादुर कार्कीबाट भएको थियो। उक्त कार्यक्रममा १८ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना

शैक्षिक सत्र २०७७ को पठन पाठन २०७८ वैशाख मसान्त भित्र सकी विद्यालय तहकाे सबै परीक्षा जेठ मसान्तभित्र गरी २०७८ असार १ बाट नयाँ शैक्षिक सत्र सुरु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना ।

Read More

महिला शिक्षक तथा निजामति सेवामा कार्यरत कर्मचारीले प्रसुति बिदा जति पटक पनि लिन पाउने

महिला शिक्षक तथा निजामति सेवामा कार्यरत कर्मचारीले प्रसुति बिदा जति पटक पनि लिन पाउने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको को फैसला अनुसार शिक्षा नियमावली २०५९ को नियम १०६ (६) सातौं संशोधनबाट हटाइएको र निजामती सेवा नियमावली २०५० को नियम ५९ (३) एघारौं संशोधनबाट हटाइएको साथै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार उक्त बिदाको अवधि ९८ दिन हुने व्यवस्था …

Read More

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको सूचना

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको सूचनामा उल्लेख भए अनुसार इच्छुक विद्यालयहरूले तोकिएको समयमा नै परियोजना प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।

Read More